६ असार २०८३, शनिबार

एमाले भक्तपुरले आज विशेष कार्यक्रम गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका–७ गुण्डुमा कार्यक्रम आयोजना गरेको हो । समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिती र नेता कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्नेछन् ।

कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल लगायत पार्टीका विभिन्न तहका नेताहरु पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए ।