१८ असार २०८३, बिहिबार

देशलाई भड्खालोमा हाल्ने बालेनबारे हामी सोच्छौं : युवा संघ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । नेकपा (एमाले)  निकट राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध गम्भीर प्रश्न उठाउँदै उनको सम्पत्ति र गतिविधिमाथि छानबिन गर्नुपर्ने माग गरेका छन्।

बुधबार एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले बालेनले देशलाई भड्खालोमा धकेल्ने काम गरिरहेको आरोप लगाएका हुन्।

उनले भने, ‘भ्रष्टाचार अन्त्य गरेर जाने हो भने राष्ट्रिय युवा सङ्घ नेपालले पनि अव बालेन शाह र उनका बाबुको सम्पत्ति छानबिन गर्ने, हामी नेपाल संस्थाको कति सम्पत्ति आयो ? आम्दानी कति छ ? त्यो सोच्छौ’, उनले भने, ‘देशलाई भड्खालोमा हाल्ने बालेनबारे हामी सोच्छौ ।’

गुरुङले हालको सुशीला कार्की नेतृत्वको सरकार स्वतन्त्र र निष्पक्ष चुनावतर्फ गम्भीर नभएको दाबी गर्दै चेतावनी दिए, ‘यदि सरकारले निष्पक्ष निर्वाचन गराएन भने अहिलेका प्रधानमन्त्री र मन्त्री जहाँबाट चुनाव लड्छन्, हामी पनि त्यहीँबाट चुनाव लड्नेछौं।’