१७ असार २०८३, बुधबार

बालेन र सुदनविरुद्ध जोहरी दर्ता गर्न प्रहरीमा जाँदै अखिल

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा केहीबेरपछि जाहेरी दिन जाने अखिलका महासचिव दीपक धामीले बताए । ‘तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन लागेका हौँ । केहीबेरमा जान्छौं,’ उनले भने ।

२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।