२४ जेष्ठ २०८३, आइतबार

प्रधानमन्त्री कार्कीले चलाउन मानिनन् ओलीले चलाएको फेसबुक र एक्स, खोलियो नयाँ खाता

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारका सूचना सम्प्रेषणका लागि सामाजिक सञ्जालका नयाँ खाता सञ्चालनमा ल्याएको छ ।

सामान्यता अघिल्लो सरकारले हस्तान्तरण गरेका सामाजिक सञ्जाल नयाँ सरकारले चलाउने प्रचलन रहे पनि यसपटक भने सामाजिक सञ्जालका नयाँ खाताहरू सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएका सामाजिक सञ्जाल‍ नचलाउने भनेपछि नयाँ खाता सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पुराना खाता चलाउँदा पुराना गतिविधि देखिने भएकोले प्रधानमन्त्री कार्की चलाउन नमानेको जनाइएको छ । प्रधानमन्त्री कार्यालयले आइतबारदेखि PM Sushila Karki फेसकुब र twitter @pmsushilakarki  सञ्चालनमा ल्याएको छ ।