१५ कार्तिक २०८३, आइतबार

काठमाडौं र ललितपुरका सरकारी कार्यालय आजबाट खुल्ने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । काठमाडौं र ललितपुरका सरकारी कार्यालय आजबाट खुल्ने भएका छन् ।

सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको भएपनि सोमबार मौसममा उल्लेख्य सुधार भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले सोमबार जिल्लाका सबै प्रकारका सरकारी कार्यालय, संस्थान र स्थानीय सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । यसअघि आइतबार गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको थियो ।

सरकारले विपद्को जोखिमलाई मध्यनजगर गर्दै आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।