२२ जेष्ठ २०८३, शुक्रबार

सगरमाथाको तिब्बत क्षेत्रमा फसे सयौं पर्यटक, उद्धारकार्य जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं २० असोज । प्रतिकूल मौसमका कारण सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौं मानिसहरु फसेका छन् । उनीहरुको उद्धारकार्य जारी छ ।

बाक्लो हिमपातका कारण पदमार्ग अवरुद्ध भएकाले आरोही र तिनका सहयोगीहरु फसेको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् । केहीलाई पहिल्यै उद्धार गरिए पनि करिब एक हजार जना अझै फसिरहेको रोयटर्सले उद्धृत गरेको जिमु न्यूजमा उल्लेख छ ।

समाचारमा लेखिएअनुसार स्थानीय बासिन्दा र उद्धार टोलीका सदस्यहरु करिब ४ हजार ९०० मिटर माथिको क्षेत्रमा उद्धारमा सक्रिय छन् । उनीहरु हिउँ हटाउने र बाटो खुलाउने प्रयासमा छन् ।

शुक्रबार साँझदेखि सुरु भएको हिमपात शनिबारसम्मै जारी थियो । त्यसपछि तिब्बतको टिङ्ग्री काउन्टी पर्यटन समितिले सगरमाथा अवलोकनका लागि हुँदै आएको टिकट बिक्री बन्द गरिएको जानकारी आफ्नो आधिकारिक वी–च्याट अकाउन्टमार्फत् दिएको थियो ।