१० असार २०८३, बुधबार

दाउरा टिप्न खोज्दा बागमती नदीमा डुबेर ७५ वर्षीय वृद्धाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । बाढीले बगाएर ल्याएका दाउरा टिप्न खोज्दा बागमती नदीमा डुबेर रौतहटमा एक वृद्धा महिलाको मृत्यु भएको छ । रौतहटको माधवनारायण नगरपालिका–८ निवासी ७५ वर्षीया पन्मा देवी रायको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पिपरारजवडाका अनुसार आज बिहान करिब ९ः३० बजे घरदेखि करिब दुई किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने बागमती नदीमा दाउरा टिप्ने क्रममा उनी डुबेकी हुन् ।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा मृतकको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले बताए ।

यसै गरी बागमती नदीमै दाउरा टिप्ने क्रममा नदीले बगाएको एक वृद्धको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

गढीमाई नगरपालिका ५ मा रहेको बागमती नदी किनारमा दाउरा निकाल्ने क्रममा ६५ वर्षिय बिगन राय यादवलाई खोलाले बगाएको थियो । उनलाई तत्काल नै सशस्त्र प्रहरी बल सन्तपुरको टोलीले उद्धार गरेको छ । उनको स्थानिय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।