
काठमाडौं, १९ असोज । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्ंचालन भएको छ ।
सडक विभागले दिएको जानकारी अनुसार आईतबार बिहान वर्षा रोकिएसँगै पहिरो पन्छाइएको हो । विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरो पन्छाएर सवारी आवतजावत सहज बनाइएको बताए । उनका अनुसार राजमार्ग खुलपछि यस सड्कमा अवरुद्ध भएका सवारी चल्न थालेका छन् ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड पनि अहिले बिहान साढे ११ बजेदेखि सञ्चालनमा आएको विभागले जनाएको छ ।








प्रतिक्रिया