३२ असार २०८३, बिहिबार

अधिकांश जिल्लामा वर्षा रोकियो, पछिल्लो एक घण्टामा खुमलटारमा सबैभन्दा बढी वर्षा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । शुक्रबारदेखिको अविरल वर्षा आइतबार बिहान कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले धेरैजसो जिल्लामा ठूलो पानी पर्न रोकिएको छ ।

गएको एक घण्टा (१०ः३० भन्दा अगाडि)मा सबैभन्दा बढी ललितपुरको खुमलटारमा ३.६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ । तर काठमाडौं, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, सिन्धुली र रामेछाप जिल्लाका कुनै कुनै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।