
विराटनगर, १९ असोज । कोशी नदीमा पानीको सतह बढेको छ ।
आइतबार बिहान सवा ८ बजे कोशी ब्यारेजमा गरिएको मापन अनुसार कोशीमा पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ । त्यसपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ५० ढोका खोलिएको जानकारी दिइएको छ ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक बहाब हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरेको छ ।








प्रतिक्रिया