
काठमाडौं, १८ असोज । सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पन्छाउने काम भइरहेको जनाएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार, शनिबार अपराह्न साढे ४ बजेतिर माथिबाट ढुंगा खस्ने जोखिम कायमै रहँदा पनि दुईवटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
सुरक्षाका कारण अहिले सवारी आवागमन दुईतर्फीरूपमा बन्द गरिएको छ ।








प्रतिक्रिया