
काठमाडौं, १८ असोज । आज बिहानबाट नेपाल भित्रिने भनिएको भारी वर्षा गराउने प्रणाली पर्साको वीरगञ्ज आसपासको क्षेत्रबाट काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न थालेको देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको आकडा अनुसार, पछिल्लो एक घण्टामा वीरगञ्ज आसपासका क्षेत्रमा सबैभन्दा धेरै वर्षा भएको छ । पछिल्ला विवरणहरू हेर्दा पानी पर्ने मात्रा वीरगञ्जबाट जितपुर, निजगढ, हेटौडा हुँदै दक्षिणी भागबाट काठमाडौं उपत्यकातिर बढ्दो क्रममा छ ।
धेरै वर्षा भएका ठाँउहरू हेर्दा वीरगञ्ज आसपासका क्षेत्र छन् । काठमाडौंका उत्तरी भागको तुलनामा दक्षिणि भागमा बढी पानी परेको देखिन्छ । मौसमविद्हरूले काठमाडौं उपत्यकामा आज अपरान्हदेखि भारी वर्षा हुने प्रणाली थप सक्रिय हुने चेतावनी दिएका थिए ।
पछिल्लो २४ घण्टाको अवस्था हेर्दा बीरगञ्जमा सबैभन्दा बढी १४४ मिलिमिटर वर्षा भएको देखिन्छ । त्यसपछि बाराको कलैयामा १४० मिलिमिटर वर्षा भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा गोदावरीमा सबैभन्दा बढी ८२ दशमलव ४ मिलिमिटर पानी परेको छ ।








प्रतिक्रिया