२० असार २०८३, शनिबार

काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असोज । धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरोध यथावत् रहेको भन्दै काठमाडौँतर्फ आउने सवारीसाधनलाई चितवनमै रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ– ’धादिङको जवाङ खोला अवरोध यथावत् रहेकोले, हाललाई चितवनको रामनगर एरियामा भएका सवारी (काठमाडौँ जाने बाहेक, पोखरा तर्फको मात्र) सुचारू गरि पोखरा तर्फ पठाउने प्रबन्ध गरिएको छ । ’

लगातारको वर्षपछि धादिङको जवाङ खोलामा पहिरो खसिरहेको छ । यद्यपि हाल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने कायमै छ ।