
काठमाडौं, १६ असोज । रुकुम पश्चिमको बाँफिकोटबाट दाङ तर्फ जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ मा भएको दुर्घटनामा मृत्यु सङ्ख्या ४ पुगेको छ । असोज ११ गते शनिवार राति भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
निशा र उनका सहोदर दाइ ठगेन्द्र केसी घाइते हुनुभएको थियो । २७ बर्सिया निशाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका ४ का वडाध्यक्ष शेरबहादुर ओलीका अनुसार आज बिहान २ बजेको समयमा निशाको निधन भएको हो ।
उनका दाइ ठगेन्द्रको उपचार चलिरहेको छ । उक्त दुर्घटनामा निशाकी आमा ६८ बर्सिया पवि केसी सहित २७ वर्षीय शशीधर केसी र बाँफिकोट ४ का २७ वर्षीय प्रकाश केसीको निधन भएको थियो । आमा पविलाई उपचारका लागि लिएर जाने क्रममा निशा, ठगेन्द्र र शशीधर दुर्घटनामा परेका हुन् ।
लु २ ख ६५०२ नम्बरको हायस गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।









प्रतिक्रिया