८ असार २०८३, सोमबार

बुरेलीखोलामा फोर्स गाडी दुर्घटनाः पाँच घाइते, तीन गम्भीर

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सल्यान, १६ असोज । सल्यानको कुमाख गाउँपालिका १ बुरेली खोलामा यात्रुवहाक फोर्स गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीको लागि छुटेको ६७८८ नम्वरको हाईस गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर पाँच जना यात्रु घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा चौरजहारी नगरपालिका ५ का ५० वर्षीय बुद्धि बिक, सानीभेरी गाउँपालिका १० का ३४ वर्षीय मदन खड्का र चौरजहारी नगरपालिका १४ का २२ वर्षीय दिनेश ओली रहेका छन् ।

घाईतेहरुलाई उपचारका लागि चौरजहारी अस्पतालमा ल्याइएको छ । गम्भीर अवस्थाका घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको अस्पतालका चिकित्सकले जनाएका छन् । गाडी अनियन्त्रीत भई भित्तामा ठोकिएर दुर्घटना भएको बताइएको छ । उक्त गाडीमा १८ जना यात्रु सवार रहेका थिए ।