१ श्रावण २०८३, शुक्रबार

सडकमा प्रहरीलाई अभद्र व्यवहार गर्ने समातिए

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं १५ असोज । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ छन् ।

काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी काठमाडौंको बबरमहलमा बस्दै आएका थिए ।

उनले सडकमा खटिएका प्रहरीमाथि अपशब्द बोलेको भिडियो ‘भाइरल’ भएको थियो ।