२७ जेष्ठ २०८३, बुधबार

यी प्रदेशमा आज मेघगर्जनसहित वर्षाको पूर्वानुमान

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । देशका केही स्थानमा आज (असोज १५) वर्षाको पूर्वानुमान छ । सबै प्रदेशमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साधारणतथा बदली भनेको ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो ।

“कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी र तराई भू–भागलगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

कोसीसहित वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

असोज १७ देखि भारीदेखि अति भारी वर्षाको चेतावनी, कुन दिनको मौसम कस्तो ?

यस दिन राति सबै प्रदेशमा साधारणतया बदली रहने पूर्वानुमान छ । “कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागलगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । स्थानीय वायुको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज ९असोज १५० वर्षाको पूर्वानुमान छ । सबै प्रदेशमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साधारणतथा बदली भनेको ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो ।

“कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी र तराई भू–भागलगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

कोसीसहित वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

असोज १७ देखि भारीदेखि अति भारी वर्षाको चेतावनी, कुन दिनको मौसम कस्तो रु