१५ असार २०८३, सोमबार

तुइन खोलामा लेदो खस्यो, मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

काठमाडौं १४ असोज । मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । मंगलबार साँझ साढे ७ बजे तुइन खोला पुलनजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

लेदोसहितको पहिरोले गर्दा दुईतर्फी यातायात सञ्चालनमा बाधा पुगेको छ । सडक डिभिजन भरतपुरका अनुसार, अवरोध हटाउनका लागि आवश्यक मेसिन पहिरो खसेको स्थानतर्फ पठाइसकिएको छ ।

सडक खुलाउन कति समय लाग्छ भन्नेबारे थप विवरण आउन बाँकी छ ।