१ श्रावण २०८३, शुक्रबार

पहिरो पन्छाएपछि खुल्यो मुग्लिन–नारायणगढ सडकखण्ड

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो ।

आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो ।

चाडपर्वको अवसर पारेर हिँडेका कयौं यात्रुहरू पहिरोका कारण बिचबाटोमै अलपत्र परेका थिए । अहिले यात्रुहरु गन्तव्यमा प्रस्थान गरिरहेका छन् । लामो समयसम्म बाटो बन्द हुँदा सडकमा सवारी साधनको चाप छ ।