२५ असार २०८३, बिहिबार

तुइनखोलामा खस्यो पहिरो, सडक दुईतर्फी अवरुद्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । मुग्लिन– नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर सडक पुनः अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द भएको हो । अहिले पनि पहिरो झने क्रम जारी रहेकाले सो क्रम रोकिएपछि मात्रै पहिरो हटाउने काम सुचारु हुने कार्यालयले जनाएको छ ।

डिभिजनबाट उपकरणहरू तैनाथ अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ । अघिल्लो सातापनि यही ठाउँमा आएको पहिरो ४५ घण्टा लगाएर पन्छाइएको थियो ।

यो सडकखण्ड हुँदै दशैं मनाउन घर जानेहरू यसपटक तुइनखोलाको पहिरोका कारण समस्यामा परेका छन् । पश्चिमतर्फ हिँडेका सवारी साधनहरू अहिले मुग्लिन सडकअण्डमा लामबद्ध हुन थालेका छन् ।