१५ असार २०८३, सोमबार

हर्क साम्पाङले चुनाव चिन्ह मागे माटोको ढिस्को, आयोगले हेरेर निर्णय गर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ असोज । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका धरानका हर्क साम्पाङले चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन् । श्रम संस्कृति पार्टी नामक नयाँ दल दर्ताका लागि उनले यही भदौ ६ मा निर्वाचन आयोगमा निवेदन पेश गरेका छन् ।

आयोग उच्च स्रोतका अनुसार उनी आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको छ । निवेदनमाथि राजनीतिक दल दर्ता सम्बन्धी ऐन तथा नियमावली अनुसार आवश्यक प्रमाण पुगे÷नपुगेको अध्ययन भइरहेको र हेरेर निर्णय लिने आयोगका एक अधिकारीले बताए ।

२०७९ सालको स्थानीय चुनावमा साम्पाङ लौरो चुनाव चिन्ह लिएर धरान उपमहागरको मेयर लडेका थिए ।

निर्वाचन आयोगमा अहिलेसम्म दर्ता भएका १२२ दलमध्ये कुनै पनि दलको चुनाव चिन्ह माटोको ढिस्को नभएकाले साङपाङले प्रस्ताव गरेको चुनाव चिन्ह नै कायम हुने सम्भावना बढी छ ।