४ असार २०८३, बिहिबार

स्रोत नखुलेको पैसा भेटिएकोबारे तीव्र अनुसन्धान भइरहेको छ : अर्थ मन्त्रालय

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । स्रोत नखुलेको नगद भेटिएका स्थानमा अनुसन्धान तीव्र पारिएको अर्थ मन्त्रालयले बताएको छ । २३ र २४ भदौको जेन जी आन्दोलनका क्रममा विभिन्न नेताका घर लगायतका स्थानमा नगद जलेको वा भेटिएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सूचनाहरू बाहिरिएका थिए ।

त्यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको समेत अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले नागरिकहरूलाई सम्भव भएसम्म जुनसुकै कारोबार विद्युतीय भुक्तानीमार्फत गर्न भनेको छ ।

कानून बमोजिम आय आर्जन भएको र स्रोत खुलेको जतिसुकै परिमाणको रकम पनि आफूसँग राख्न पाइने समेत अर्थले स्पष्ट पारेको छ । तर, कारोबार गर्दा भने सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार भने एक पटकमा १० लाखभन्दा बढीको कारोबार गर्दा बैकिङ उपकरण प्रयोग गर्नुपर्ने उल्लेख छ ।

नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५ हजारसम्म भन्सार घोषणाबिना नेपाल भित्राउन सक्ने र सो भन्दा बढी रकमको हकमा भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको समेत अर्थले स्मरण गराएको छ ।

नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त गरेको विदेशी मुद्रामध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविश्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १५ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगद राख्न सकिने व्यवस्था रहेको समेत अर्थले बताएको छ ।

सो कानूनी व्यवस्थाबारे स्रोत नखुलेको कँही कतै नभेटिएका स्थानमा कानून अनुसार अनुसन्धान गर्ने निकाय सक्रिय भएको अर्थ मन्त्रालयले जनाएको छ ।