१६ असार २०८३, मंगलबार

फरार कैदी पक्राउदेखि पृथ्वी राजमार्ग अवरुद्ध हटाउन यस्तो छ धादिङ प्रहरीको योजना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ असोज । धादिङ प्रहरीले कारागारबाट भागेर त्यहाँ पुगेका फरार कैदीहरूलाई धमाधम पक्राउ गर्दै सम्बन्धित कारागार पठाउन थालेको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेर धादिङ पुगेका १३३ कैदीबन्दीलाई सम्बन्धित कारागार पठाइएको धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले जानकारी दिए ।

भागेका कैदीहरूका कारण समाज त्रसित हुन थालेपछि प्रहरीले सूचना पाउन साथ टोली परिचालन गरेर पक्राउ गर्न थालिएको एसपी रिजालको भनाइ छ ।

चाडपर्व सुरक्षा योजनाअनुसार धादिङ प्रहरीले विशेष प्रहरीको टोलीसमेत परिचालन गरेको छ । त्यसका लागि सादा पोसाकका प्रहरी परिचालनदेखि रातिको गस्तीसमेत समावेश गरिएको छ । बसपार्कदेखि आर्थिक कारोबार हुने क्षेत्रमा विशेष प्रहरी परिचालन गरिएको छ ।

योबाहेक पहिरोका कारण पृथ्वी राजमार्गका विभिन्न सातवटा ठाउँलाई उच्च जोखिम क्षेत्र तोकेर अवरुद्ध खुलाउने गरी छुट्टै टोलीसमेत परिचालन गरिएको एसपी रिजालको भनाइ छ ।