२० जेष्ठ २०८३, बुधबार

कुलमानलाई हर्क साम्पाङको सुझाव– गलत गर्नुभयो, बदला होइन, बदलाव गर्नुपर्छ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकासमन्त्री कुलमान घिसिङले हितेन्द्रदेव शाक्यलाई बदला लिएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बदला होइन, बदलाव गर्नुपर्ने सुझाव दिएका छन् ।

साम्पाङले लेखेका छन्, ‘हितेन्द्रलाई निकाल्नुभन्दा पनि देश र जनताको लागि उपयोग गर्नुपर्ने थियो । यस्तो प्रतिशोधी भावनाबाट निको हुँदैन । हामी बदला होइन, बदलावको पक्षमा उभिनुपर्छ । Wrong move, कुलमान जी ।’