
काठमाडौं, ११ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा फर्काउन एमालेबाहेक अरूले नसक्ने दाबी गरेका छन् । सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेता कार्यकर्तालाई हरेस नखान आग्रह गरे ।
उनले भने, ‘देश बनाउने एमालेले नै हो । त्यसैले तपाईँहरूले हरेस नखानुहोस् । सिङ्गो देशवासीलाई आग्रह गर्छु, सबै संयमता अपनाउनुस् । राष्ट्र जोगाउन एकता चाहिएको छ, त्यही अनुसार आग्रह गर्छु ।’
उनले देश निर्माणमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।








प्रतिक्रिया