३२ असार २०८३, बिहिबार

यो सरकार जनताबाट बनेको होइन, आगजनीबाट बनेको होः ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जनताबाट नभएर तोडफोड र आगजनीबाट बनेको टिप्पणी गरेका छन् । जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक मञ्चमा उभिएका ओलीले यो सरकार असंवैधानिक रहेको टिप्पणी गरे ।

उनले सत्तामा गएदेखि आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको र अरूलाई पनि गर्न नदिएको दाबी गरे । साथै उनले सरकारमा हुँदा देश र जनताको लागि सकारात्मक काम गरेको उल्लेख गर्दै ती कामलाई प्रचार गर्न अहिलेको सरकारलाई आग्रह गरे ।

उनले आफू सरकारमा हुँदा गरेका सबै कामको रेकर्ड यथावत रहेको पनि बताए ।