२ असार २०८३, मंगलबार

सीआईबीलाई गृहमन्त्रीको निर्देशन– राजनीतिक दबाबले रोकिएका सबै फाइल खोल्नू

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न ठूला मुद्दाहरूको अनुसन्धान निष्पक्ष ढंगबाट गर्न प्रहरीलाई निर्देशन दिएका छन् । शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयको निरीक्षण गर्न पुगेका मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल अघि बढाउन निर्देशन दिएका हुन् ।

निरीक्षणपछि गृहमन्त्री अर्यालले पत्रकारसित भनेका छन्, “सबै फाइलको ’ब्रेक थ्रू’ हुन्छ । राजनीतिक दबाबका कारण रोकिएका फाइलहरू अघि बढ्छन् ।” सीआईबी प्रमुखमा केही दिनअघि मात्रै सरकारले एआईजी मनोज केसीलाई ल्याएको छ ।