७ असार २०८३, आइतबार

संविधान संशोधन वर्तमान सरकारको कार्य क्षेत्र होइन, आउने संसद्ले गर्नेछ : प्रधानमन्त्री कार्की

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले वैधानिक प्रक्रियाबाट नै संविधान संशोधन गर्न सकिने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संविधान संशोधन वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको बताइन् ।

उनले जेनजी आन्दोलनको माग अनुसार संविधान संशोधन आगामी निर्वाचनबाट आउने संसद्ले गर्ने बताइन् । त्यसका लागि निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालगायत सबै सरोकारवालमा उनले आग्रह गरिन् ।