२१ जेष्ठ २०८३, बिहिबार

राष्ट्रलाई तबाह गर्नेले कुनैदिन न्यायको कठघरमा उभिनुपर्नेछः एमाले नेता रिजाल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जेन्जी आन्दोलनको नाममा २०८२ भदौ २४ गते कुनै राजनीति नभएर राष्ट्रमाथिको अपराध भएको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा सिंहदरबार जल्दै गरेको तस्बिरसहित नेता रिजालले सो कुरा बताएका हुन् । ‘लोकतन्त्रमा सरकार आउँछन्, जान्छन् । प्रधानमन्त्री बदलिन्छन् । दलहरू कहिले सत्तामा हुन्छन्, कहिले विपक्षमा । तर, सरकार बदल्ने नाममा जे भयो, यो कुनै राजनीति होइन, राष्ट्माथिको अपराध हो।’ नेता रिजालले सामाजिक सञ्जालमा लेखेका छन्।

नेता रिजालले २०८२ भदौ २४ गते राष्ट्रका दुश्मनले कब्जा गरेर केही घण्टामा राष्ट्र तबाह पारेको बताएका छन् । नेता रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०८२ भदौ २३ गते सामाजिक सञ्जाल चलाउन नपाएर निस्सासिएका जेनजी नै सडकमा निस्किएका थिए । २४ गते यस राष्ट्रका दुश्मनले त्यसलाई कब्जा गरे र केही घण्टामा राष्ट्र तबाह पारे ।’

‘१७ वर्षको द्वन्द्वमा नभएको क्षति र भ्रष्टहरूले गरेको मुलुकको लुटभन्दा बढी क्षति २४ गते भएको छ । कुनै दिन यिनी लुटेरा र नेपालका दुश्मनको मुकुण्डो उत्रिनेछ र न्यायको कठघरामा उभिएको देख्न पाइनेछ । ढिलो होला, सधैँ अँध्यारो भइरहँदैन ।’