२८ असार २०८३, आइतबार

नौबिसे–मुग्लिन खण्डको पहिरो हटाइयो, मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउने काम जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्डमा खसेका सबै पहिरो पन्छाइएको छ । तर, राति खसेको पहिरोले सडकमै रोकिएका सवारी साधनहरुको अत्यधिक चाप छ । त्यसैले सवारी साधनहरुको लामो लाइन छ ।

गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प भएको थियो । तर डोजरहरु प्रयोग गरेर राति नै पहिरो हटाइसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर झरेको पहिरो भने हटाउने क्रम जारी छ । बुधबार साँझ पानी परेकाले पहिरो पन्छाउने काम केहीबेर रोकिएको थियो । आज बिहानैबाट पहिरो पन्छाउने काम जारी छ ।

सबै पहिरो हटाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।