२५ असार २०८३, बिहिबार

बालेनले बालुवाटार पुगेर गरे प्रधानमन्त्री कार्कीसँग भेटवार्ता, के भयो छलफल ?

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री सुशिला कार्कीसँग बालुवाटारमा भेटवार्ता गरेका छन्।

स्रोतका अनुसार भेटमा बालेनले जेनजी आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए। उनले विशेषगरी आन्दोलनका मुद्दा र जनताले उठाएका विषयहरूलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्।

जवाफमा प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनका मागप्रति प्रतिबद्ध रहेको बताउँदै निर्वाचन, सुशासन र पारदर्शितालाई आफ्नो सरकारको केन्द्रमा राखेको स्पष्ट गरिन्।

करिब ३० मिनेट चलेको भेटमा प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीसहित सचिवालय सदस्यहरूको उपस्थिति थियो भने मेयर साह तर्फबाट सहयोगी कुमार बेनको समेत सहभागिता रहेको थियो।