२४ जेष्ठ २०८३, आइतबार

जेन-जी बिद्रोह र निकासबारे एकदिवसीय अन्तरक्रिया सम्पन्न

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरुसिङ्गे, ८ आसोज । नेपाल कम्युनिस्ट पार्टी, कपिलवस्तुको आयोजनामा जेनजी (युवा–नारा) आन्दोलन, वर्तमान परिस्थिति र सम्भावित निकास सम्बन्धमा आयोजित एकदिवसीय अन्तरक्रिया गोरुसिङ्गे स्थित होटेल प्रेमसागरको सभा हलमा सम्पन्न भएको छ। केन्द्रिय सदस्य सङ्गम सिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा करिब ४ दर्जनभन्दा बढी सहभागी रहेका थिए।

कार्यक्रमका प्रमुख वक्ता पोलिटब्युरो सदस्य बालाराम थापा “कृति सि” ले सम्बोधन गर्दै जेनजी आन्दोलनले देशको भ्रष्टाचार र अन्य असमझदारीविरुद्ध आवाज उठाएको स्वीकार गरे। उनले भने,“हामीले सरकारमा रहेका दलहरूलाई सुरु देखि नै जनताको पक्षमा काम गर्न भन्यौं, तर नेतृत्व र प्रणालीले जनमतप्रति जवाफदेही हुन सकेन।” थापाले युवा पुस्तालाई सशक्त गर्न आवश्यक विचार र मार्गदर्शन नदिइएकोलाई पनि कमजोरीको रूपमा औँल्याए।

एमाले राष्ट्रिय परिषद् सदस्य तथा सामाजिक अभियन्ता टेकराज पौडेलले आन्दोलनका क्रममा शहादत दिने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशका पुराना बेथिति र असमान आर्थिक बिनियोजनहरूलाई जेनजी बिद्रोहको कारण औल्याए । उनले भने,“केही शक्तिशाली र रुइथाले राष्ट्रिय स्रोतको दुरुपयोग गरेका छन्, जसले जनता बीच असन्तोष बढाएको छ।” तर पौडेलले राजधानीमा आन्दोलनको प्रयोग र त्यसको परिणामबारे पनि प्रश्न उठाए।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा समाजवादी, नेकपा माले, नयाँ शक्ति र अन्य सामाजिक सँस्थाका प्रतिनिधिहरूले पनि आफ्नो धारणा राखे। सहभागीहरूले वर्तमान सरकारलाई ‘कठपुतली शैली’ र परदेशी खेलबाडमा लेजाने प्रयास भएको बताउँदै, राष्ट्रिय स्वाभिमान र भूमि–संबन्धी विषयमा पुराना अडानहरू रक्षा गर्नुपर्नेमा जोड दिए।

वक्ताहरूले युवा प्रतिभालाई विदेशतर्फ मात्र धकेल्नुको सट्टा देशमै रहँदै योगदान पुर्‍याउने वातावारण सिर्जना गर्न सरकार तथा राजनीतिक दलहरूको उत्तरदायित्व रहेको बताए। भविष्यको निकासबारे बोल्दै आयोजक पक्षले लोकतान्त्रिक–गणतान्त्रिक शक्तिहरूबीच एकता आवश्यक रहेको र भ्रष्ट व्यवस्थाविरुद्ध सबैले मिलेर अघि बढ्नुपर्ने कुरामा एकमत देखियो।

कार्यक्रम अन्त्यमा पोलिटब्युरो सदस्य सङ्गम “सि” ले सहभागीहरूका सुझावहरू सुनेर समग्र दृष्टिकोण प्रस्तुत गरे—नेतृत्वले आफ्ना कमजोरी स्विकार्नुपर्ने, युवा पुस्तालाई दिशा र संरचना दिनुपर्ने तथा देशभित्रै रोजगारी र स्वाधीनताको संरक्षणमुखी नीति अवलम्बन गर्नुपर्ने सुझाव दिइयो। नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रुद्र बन्जाडेले पनि वर्तमान सरकारले ल्याएको संकटप्रति तिव्र आलोचना गरेका थिए।