काठमाडौं, ७ असोज । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमै बस्न सुरु गरेका छन्।
सोमबार पद तथा गोपनियताको सपथग्रहणपछि उनले आफूलाई सरकारी निवास नचाहिने भन्दै मन्त्रालयमै बस्ने निर्णय गरेका हुन्।
पुनले ‘जहाँ काम गर्छु त्यहीँ बस्छु’ भन्दै बेड र भान्छाको व्यवस्था मिलाएर मंगलबारदेखि केशरमहलस्थित शिक्षा मन्त्रालयमै बस्न थालेका हुन्।
उनले आफैं पकाएर खाने बताएका छन् ।








प्रतिक्रिया