२८ असार २०८३, आइतबार

कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त भण्डारी र दुलाल पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी सानु भण्डारी र केशव दुलाललाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ललितपुरको धापाखेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारमा भएको आगजनी तथा तोडफोडकै बीच उनीहरू फरार भएका थिए।

भण्डारी र दुलाललाई नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके मानिन्छ।