२५ असार २०८३, बिहिबार

बालेन लक्षित ओलीको टिप्पणी- पहिल्यै सिंहदरबार जलाउँछु भन्दै थिए, योजनाबद्ध काम हो यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै सिंहदरबार आगजनी योजनाबद्ध काम भएको टिप्पणी गरेका छन्।

भक्तपुरको गुण्डुस्थित निवासमा भेट्न पुगेका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवाको काँधमा अडिएको बताए।

ओलीले भने, “यो देश हाम्रो हो, हामीले नै बनाउनुपर्छ। अहिले कसले जलायो भन्ने प्रष्ट छैन तर देश र इतिहासलाई माया गर्नेले पक्कै सिंहदरबार जलाउँदैन। घुसपैठ गर्ने तत्त्वहरूले मात्र यस्तो कार्य गर्छन्।”

उनले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै थपे, “जो पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर, यो योजनाबद्ध काम हो। यस्तो कुरा हामीले बुझ्नुपर्छ।”