२० असार २०८३, शनिबार

तुइन खोलामा फेरि पहिरो खस्यो, सडक अवरूद्व

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत तुइनखोलामा फेरि पहिरो खसेको छ ।

आज दिउँसो खुलेको सडक फेरि पहिरो खसेपछि फेरि अवरूद्व भएको हो । निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भएको छ ।

यसअघि, गत शुक्रबार साँझ खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो। त्यसको झन्डै ४५ घण्टापछि सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो।