२६ जेष्ठ २०८३, मंगलबार

महाराजगञ्जमा प्रहरीको हत्या आरोपमा काभ्रेका एक युवक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ७ असोज । जेनजी प्रदर्शनका क्रममा प्रहरी हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । प्रहरी हत्यामा संलग्न रहेको आरोपमा काभ्रेका युवराज क्यापफाकी पक्राउ परेका हुन् ।

जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले आक्रमण गर्दा भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको ज्यान गएको थियो । सामाजिक सञ्जालका विभिन्न फुटेजको अध्ययनका आधारमा पहिचान भएका विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा क्यापफाकी नै प्रहरी हत्यामा संलग्न रहेको ठहर भएको हो ।

जिल्ला प्रहरी परिसर, भद्रकालीकी निमित्त प्रवक्ता डीएसपी पूर्णिमा चन्दका अनुसार उक्त घटनाको थप अनुसन्धान जारी छ ।