चितवन, ७ असोज । अवरूद्व भएको मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा आएको छ ।
तुइन खोलामा पहिरो खसेपछि सडक अवरूद्व भएको थियो । अझै पनि पहिरो खसिरहेकाले दुई तर्फी सडक सञ्चालनमा भने समय लाग्ने बताइएको छ ।
सडक डिभिजन भरतपुरको सूचना भनिएको छ, ‘मुग्लिन-नारायणघाट सडक तुइन खोलानजिक झरेको पहिरो हटाइसकेपछि अहिले सडक एकतर्फी सञ्चालनमा आएको बेहोरा जानकारी गरिन्छ। दुईतर्फी आवागमन खुलाउन प्रयासरत छौँ, ढुंगा झर्ने क्रम जारी नै छ। कृपया लेन अनुशासनको पालना गर्नुहुन अनुरोध छ।’
यस्तै मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिकै पहिरो गएकाले सडक दुवैतर्फ अवरुद्ध बनेको जानकारी पनि सडक डिभिजनले दिएको छ। यसैले वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरिएको छ।









प्रतिक्रिया