१ कार्तिक २०८३, शनिबार

झलनाथ खनालकी पत्नी रविलक्ष्मीलाई थप उपचारका लागि भारत लगिने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले घरमा आगजनी गर्दा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लैजाने तयारी गरिएको हो ।

उनको यसअघि नै बायाँ हात काटिसकिएको छ । संक्रमण फैलन थालेपछि हात काटिएको हो ।

उनको फोक्सोमा धुवाँ र ग्यास प्रवेश गरेपछि निमोनिया देखिएको हो। स्वास्थ्यमा केही सुधार देखिएको भए पनि निमोनिया चाँडो निको गराउन परिवारको सल्लाहअनुसार भारत लैजाने निर्णय गरिएको जानकारी दिइएको छ।