काठमाडौं, ६ असोज । काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङमा राखिएको ट्याक्सीबाट ७ थान पेस्तोल र ३३ राउण्ड गोली फेला परेको छ।
हातहतियारसहित तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने, उदयपुरगढी गाउँपालिका–८ घर भएका ३० वर्षीय हिराबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो।
उनले पार्किङ गरेका बागमती प्रदेश ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीको डिक्की तलासी गर्दा पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने ३३ राउण्ड गोली र अन्य सामग्री फेला परेको प्रहरीले जनाएको छ।
हिराबहादुरलाई आइतबार राति नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।















प्रतिक्रिया