काठमाडौं, ६ असोज । जेन-जी आन्दोलनको मौका छोपेर फरार भएका दुईजना अमेरिकी कैदी पक्राउ परेका छन् ।
बाल यौन दुराचार तथा जवरजस्ती करणीका अभियुक्त दुई जना अमेरिकन नागरिक मिचेल नोर्मान टेलर र जोन्सन लोयड मुडीलाई आज काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको हो ।
टेलर जिल्ला अदालत कास्कीको आदेशले बाल यौन दुराचारको अभियोगमा कास्की कारागारमा कैद भुक्तान गरिरहेका थिए । यस्तै, मुडी जिल्ला अदालत काठमाडौँको आदेशले जगन्नाथ देवलमा कैद भुक्तान गरिरहेका थिए ।















प्रतिक्रिया