१२ असार २०८३, शुक्रबार

कर्मचारीले तयार पारेको पहिलो निर्णयमा सञ्चारमन्त्रीले गरेनन् हस्ताक्षर

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई नै फर्काइदिएका छन् । सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रम सकेर उनी मन्त्रालयमा पदभार ग्रहणका लागि पुगेका थिए ।

सो क्रममा कर्मचारीले पहिलो निर्णय हस्ताक्षरका लागि पु¥याएका थिए । तर, मन्त्री खरेलले अर्को निर्णय बनाएर ल्याउन आग्रह गरे । ‘तयार गरेको भन्दा केही फरक निर्णयका लागि मेरो अनुरोध छ,’ मन्त्री खरेलले भने ।