८ असार २०८३, सोमबार

नवनियुक्त ४ जना मन्त्रीले लिए शपथ, कसको वरियता कुन् ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोतिज कार्यक्रममा उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

शपथ लिनेमा उद्योग, कानुन र भूमि मन्त्री अनिल सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कृषि मन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले शपथ लिएका हुन् ।

आज शपथ लिएका उद्योग, कानुन र भूमि मन्त्री अनिल सिन्हा चौथो, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन पाँचौँ, कृषि मन्त्री मदन परियारको छैटौँ र सञ्चारमन्त्री जगदीश खरेल सातौँ वरीयतामा छन् ।