२५ जेष्ठ २०८३, सोमबार

मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । चितवनको इच्छाकामनास्थित तुइनखोला पुल नजिक खसेको पहिरो पूर्णरूपमा हटाउन आज दिउँसो १ बजेदेखि ३ बजेसम्म मुग्लिन–नारायणगढ सडक खण्ड बन्द गरिने भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार हाल सडक एकतर्फी सञ्चालन भइरहेको छ। दुईतर्फी आवागमन सहज बनाउन बाँकी पहिरो हटाउन सवारी साधन रोकिने सूचना जारी गरिएको हो।

अघिल्ला दुई दिनसम्म पूर्ण अवरुद्ध रहेको सडक आइतबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको थियो। तर गएराति पुनः पहिरो खसेपछि बिहान एकतर्फी मात्र गाडी चलेका थिए।