१७ असार २०८३, बुधबार

बधाई छ भनेर फोन नगर्नु होला र खादा माला लिएर नआउनु होला : महावीर पुन

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका महावीर पुनले फोन गरेर बधाई नदिन र खादा माला लिएर नआउन आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै पुनले शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्नुपर्ने ठोस काम र आइडिया छ भने आफ्नो वाट्सएपमा पठाउन अनुरोध गरेका हुन् ।

“मेरो पहिलो घोषणा – कसैले पनि “लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आइडिया छ भने मेरो वाट्सएपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला ।” पुनले फेसबुकमा लेखेका छन् ।