काठमाडौं, ६ असोज । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइएको छ । सरकारले उनलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो ।
हितेन्द्रलाई भने जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरिएको छ ।








प्रतिक्रिया