काठमाडौं, ५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनका बेला कुलमान घिसिङलाई मन्त्री बनाउन ठूलो दबाब आएको खुलासा गरेकी छन्।
उद्योगी व्यवसायीसँग आइतबार भएको भेटमा उनले घिसिङलाई मन्त्री नबनाएको खण्डमा मन्त्रिमण्डल नै नबन्ने अवस्था आएको बताइन्। ‘कुलमान जीलाई नराखेको भए सरकार नै बनिँदैनथ्यो,’ कार्कीले भनिन्।
जेनजी आन्दोलनले सिर्जना गरेको परिस्थिति कठिन भए पनि आफूहरू पवित्र मन लिएर सरकारमा सहभागी भएकाले सबैसँग सहकार्य गर्ने उनको भनाइ छ।
आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उनले उद्योग–व्यवसाय सञ्चालनका लागि सरकार सहयोगी बन्ने प्रतिबद्धता जनाइन्। साथै, पर्यटन क्षेत्र उठाउन र सुरक्षाकर्मीको मनोबल बढाउन निजी क्षेत्रले पनि सक्रिय पहल गर्नुपर्नेमा उनले जोड दिइन्।









प्रतिक्रिया