३२ असार २०८३, बिहिबार

निजी क्षेत्रका पदाधिकारीसँग प्रधानमन्त्रीसहित मन्त्रीहरूले गरे छलफल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । प्रधानमन्त्री सुशिला कार्कीले निजी क्षेत्रका अगुवाहरूसँग छलफल गरेकी छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कार्कीले उद्योग वाणिज्य प्रवद्र्धन परिषद् सदस्य र जेनजी आन्दोलनबाट क्षति भएका उद्योग व्यवसायी सङ्घ छलफल गरेकी हुन् ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, उद्योग वाणिज्य महासङ्घका अध्यक्षलगायतको पनि उपस्थिति थियो ।

छलफलबाट बाहिरिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारसँग गरिएको छलफलले निजी क्षेत्रको मनोबल उकास्ने सन्देश दिएको बताए ।

अध्यक्ष ढकालले भने, ‘उद्योग तथा व्यवसायमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिमा सरकारले साथ सहयोग गर्ने भनेको छ । यसले निजी क्षेत्रका लागि सकारात्मक सन्देश दिएको छ ।’ आन्दोलनको मौका छोपेर निजी क्षेत्रलाई निशाना बनाइएको थियो ।