
भक्तपुर, ४ असोज । नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य आफ्नो बालकोटस्थित जलेको घर पुग्दा भावविह्वल बनेकी छन् ।
जेनजी आन्दोलनका प्रदर्शनकारीहरुले आगजनी गरेको बालकोटस्थित घरमा शाक्य शनिबार पुगेकी हुन् ।

३३ वर्ष राष्ट्र बैंकमा काम गरेर कमाएको पैसाले घर बनाएकी शाक्यले जेनजी आन्दोलनकारीले घर जलाएर खरानी बनाएको देखेपछि भावविह्वल भइन् ।
शाक्यले घर जलेकोभन्दा पनि घरमा रहेका इतिहास जलेकोमा चिन्तित भइन् । उनले आफ्नो घर पुस्तकालय रहेकोमा अहिले जलेर खरानी बन्दा दुःख लागेको बताइन् ।
खरानी बनेको पुस्तकालय नियाल्दै उनले भनिन्, ‘नयाँ पुस्तालाई छोडेर जाने मेरो ईच्छा थियो । तर खरानी छोडेर जानुपर्यो ।’








प्रतिक्रिया