
काठमाडौं, ४ असोज । नेपालीहरुको महान् चाड बडादशैं नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ । दशैंसँग चंगाको सम्बन्ध गहिरो हुन्छ । खुल्ला आकाशमा रंगीविरंगी चंगाहरु उड्न थालेपछि दशैं नजिकिएको महसुस गर्न सकिन्छ र यही कारणले पनि यसवर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ ।









प्रतिक्रिया